कोरोना भाइरस: इटालीमा पनि एक जनाको ज्यान गयाे, १६ जनामा संक्रमण भएको पुष्टि

कोरोना भाइरसका कारण इटालीमा पनि एक जनाको ज्यान गएको छ । शनिबार इटलीमा ७८ वर्षका एक वृद्धको ज्यान गएको हो । 

इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको छ भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । चीनमा मात्रै अहिलेसम्म २ हजार २ सय ३९ जनाको ज्यान गएको छ भने ७५ हजार ५ सय ६७ जनालाई कोरोना भएको पाइएको छ । 

अहिले चीनको बेइजिङ, सिचुवान र ग्वाङडोङमा विश्व स्वास्थ्य संगठनको नेतृत्वको संयुक्त टोली काम गरिरहेको छ। टोलीमा अमेरिका, सिंगापुर, दक्षिण कोरिया, जापान, नाइजेरिया, जर्मनी र रुसका विज्ञ रहेका समाचार संस्था सीएनएनले जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-02-22 20:15:15

प्रतिकृया दिनुहोस्