प्रधानमन्त्री ओलीको दाेस्राे पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको दाेस्राे पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ। उनले आफ्नो ६९औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले पुस्तक ल्याएका सार्वजनिक गरेका हुन्। 

प्रधानमन्त्री ओलीद्वारा लिखित पुस्तकलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन्।

यस्तै ओलीका ९० वर्षिय बुवाले मञ्चमा उब्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भएको थियो।

२४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित छन्।

प्रधानमन्त्री ओलीको पहिलो पुस्तकमा प्रधानमन्त्रीकालका ६० भाषण समेटिएका थिए। उक्त पुस्तकको नाम ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ राखिएको थियो।

प्रकाशित मिति: : 2020-02-23 04:47:05

प्रतिकृया दिनुहोस्