हेल्पिङ ह्यान्डस् नर्वेमा नयाँ नेतृत्व

नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेको हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे (एचएचएनएन)ले नयाँ कार्यसमिति चयन गरेको छ।

 ओस्लोमा शनिबार भएको संस्थाको साधरणसभा तथा तेस्रो अधिवेशनबाट तसौवर खानको अध्यक्षतामा १२ जनाको कार्यसमिति चयन गरेको हो। 

अधिवेशनले उपाध्यक्षमा विनोद बस्याल, महासचिवमा सरला कटेल, सचिवमा तारणी पोखरेल, कोषाध्यक्षमा राजु धिताल, सहकोषाध्यक्षमा लोकेन्द्र कार्कीलाई चयन गरेको छ भने सदस्यहरुमा सिद्धान्त घले, याम कट्वाल, पुर्ण भुसाल, जग्गनाथ तिम्लिसिना, सुरेश सापकोटा, शुष्मा श्रेष्ठ रहेका छन्।

 हेल्पिङ  ह्यान्डसका निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार सबै कार्यसमिति सर्वसम्मत चयन भएका हुन्। अध्ययनका शिलशिलामा नर्वे आएका नेपालीहरुले सन्  २०१३ मा स्थापना गरेको हेल्पिङ ह्यान्डसले नेपालका दुर्गम जिल्लाको शिक्षा क्षेत्रमा काम गरिरहेको छ। 

नर्वेमा रहेका नेपालीबीच एकता कायम गर्दै सहयोग उठाएर नेपालमा सामाजिक कार्य गर्ने लक्ष्यले संस्थाको स्थापना गरिएको थियो। करिब २५ सय नेपाली रहेको अनुमान गरिएको नर्वेमा करिब आधा दर्जन नेपाली संघसंस्था रहेका छन्।

प्रकाशित मिति: : 2020-02-24 07:14:03

प्रतिकृया दिनुहोस्