कोरोना भाइरस: सिरी ए का तीन खेलहरू स्थगित

कोरोना भाइरसका कारण इटाली सरकारले इटालियन सिरी ए का तीन खेलहरू स्थगित गर्ने निर्णय गरेको छ।

इटालियन सरकारले शनिबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएको हो।

सरकारको यो निर्णयले इन्टर मिलानको साम्पदोरियाविरूद्धको खेलको साथमा भेरोना विरुद्ध क्याग्लियारी र अटलान्टा बनाम ससुउलोको खेलहरू स्थगित भएका छन्।

इन्टरमिलानले ट्विटरबाट खेल स्थगीत भएको पुष्टी गरेको छ। यसअघि शनिबारका लागि तय भएका खेलहरू पनि स्थगित गरिएका थिए।  

देशको उत्तरी क्षेत्रको लोम्बार्डीमा २४ घण्टामा दुई जनाको  ज्यान गएपछि इटालीको सरकारले खेलहरू स्थगीत गर्ने निर्णय गरेको हो।

गत वर्ष चीनको हुबेई प्रान्तमबाट सुरू भएको कोभी–१९ नामक भाइरसको संक्रमणबाट हालसम्म चीनमा दुई हजार ४ सय जनाभन्दा बढीको ज्यान गएको छ। मूख्य भूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको छ।

चीनबाहिर २६ देशमा १२ सय मामिलाहरू पुष्टी भए छन् भने हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन्।  

प्रकाशित मिति: : 2020-02-24 09:37:50

प्रतिकृया दिनुहोस्