म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष पाँचमा उक्लिएको छ। आइतबार भएको खेलमा वाट्फोर्डलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे। खेलको ४२ औं मिनेटमा ब्रुनोले गोल गर्दै अग्रता दिलाएका थिए।
उनले पेनाल्टीमा युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफ उनको गोल मार्फत अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल थप्यो।
यस्तै ५८ औं मिनेटमा युनाइटेडले अग्रता दोब्बर बनायो। उसका लागि मार्सियलले सुन्दर गोल गरे।
यस्तै खेलको ७५ औं मिनेटमा मासुनले गोल गरेपछि युनाइटेड ३–० गोल अन्तरको शानदार जित निकाल्दै शीर्ष पाँचमा उक्लियो।
जितसँगै युनाइटेडले २८ खेलबाट ४१ अंक जोडेको छ। लिगमा २४ अंक जोडेको वाट्फोर्ड रेलिगेसन क्षेत्रमा रहेको छ ।