सर्वोच्च अदालतले भन्यो- 'सुदर्शनलाई तीनदिन भित्र हाजिर गराउ'

तस्वीर: फाइल फोटो

नेकपा विप्लव समुहका मध्यकमाण्ड ईञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई सरकारले तीन दिन भित्र सर्वोच्च अदालतमा हाजिर गराउनु पर्ने भएको छ। 

छोरी विपना वलीले प्रहरी हिरासतमा रहेका सुदर्शनलाई रिहाई गर्नका लागि दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो एकल इजलासमा गरेको थिए।

वलीसहित ९ जना विप्लव समूहका नेता कार्यकर्तालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा  चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरिएको दाबी गर्दै संगठित अपराध मुद्दा चलाइएको छ। 

वलीमाथिको मुद्दाको अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ।

सुदर्शनलाई पक्राउ गरेर ठुलो उपलव्धी हासिल गरेको खुशीयाली मनाइरहेको ओली सरकारलाई सर्वोच्च अदालतको यो आदेशदे  ठूलो झड्का दिएको छ।

प्रकाशित मिति: : 2019-03-29 04:43:34

प्रतिकृया दिनुहोस्