चर्चित हलिउड निर्माता वाइनस्टिन याैन दुर्व्यवहार मुद्दामा दोषी ठहरिए

एजेन्सी

काठमाडाैं

हलिउडका चर्चित चलचित्र निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। 

पाँच जना महिला र सात जना पुरुषको ज्युरीले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहरिएका हुन्।  

तर ६७ वर्षीय वाइनस्टिनमाथि ‘फस्र्ट डिग्री रेप’ अर्थात् बलात्कार जस्तो कुनै गम्भीर विषयमा दोषी साबित भएका छैनन्। 

वाइनस्टिनविरुद्ध चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।

वाइस्टिनमाथि दुई जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको छ। 

वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली हस्तीमध्ये एक मानिन्छ। उनी हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई चन्दा दिने व्यक्ति पनि हुन्।  

यसअघि ओस्कार कमिटीले वाइनस्टिनलाई यौन दुव्र्यवहारको आरोप लागेको भन्दै निस्कासन गरेको थियो। कमिटीले २ तिहाई मतको आधारमा वाइनस्टिनलाई निस्कासन गरेको हो।

वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् भने सो मध्ये ८१ वटा अवार्ड जितेका छन्।  

प्रकाशित मिति: : 2020-02-25 21:53:30

प्रतिकृया दिनुहोस्