जनकपुरमा ‘शिल्पकला यात्रा’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत् परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ प्रदेश नं २ को जनकपुरधाम आइपुगेको छ । यहाँ आइतबारबाट परम्परागत थाङ्का र पौभा चित्रकलाको प्रदर्शनी सुरु भएको छ । 

प्रदर्शनीमा आनन्दमुनि शाक्य, दिपककुमार जोशी, धनबहादुर चित्रकार, माणिकमान चित्रकार, सिद्धिमुनी शाक्य, ज्ञानकर बज्राचार्य, अमृत डंगोल, उदय बज्राचार्य, उदयचरण श्रेष्ठ, कृष्णराम धेमसु, दिनेशचरण श्रेष्ठ, देवेन्द्र सिंख्वाल, न्हुच्छेकाजी बज्राचार्य, पाल्साङ्मो लामा, पुर्णप्रसाद ह्योजु, पुरण ह्योजु, भूमिराज चौलागाईँ, मुक्तिसिंह थापा, रत्नगोपाल सिंख्वाल, रवि श्रेष्ठ, रितेश शाही, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, लोक चित्रकार, शंकर कुमार जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, सर्यबहादुर चित्रकार, सुन्दर सिंख्वाल, सुदर्शन सुपाल, हरिप्रसाद वैद्य लगायत कलाकारका ३७ वटा चित्र राखिएका छन् । 

प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य राम आशिष यादवले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानकी लोक कला विभाग प्रमुख मिथिलादेवी यादव, कलाकार पूर्णप्रसाद ह्योजु, धनुषा जिल्लाका हस्तकला संघका पूर्व अध्यक्ष अशोक जलान, प्रमुख अतिथि यादव लगायतले परम्परागत कलाको महत्वबारे बोलेका थिए । 

प्राज्ञ परिषद सदस्य तथा परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि गुरुङका अनुसार प्रदर्शनी सोमबारसम्म चल्नेछ । यसपछि प्रदेश नं १ को धरानमा फागुन १४, १५ र १६ गतेसम्म तीन दिन यि चित्रहरूको प्रदर्शनी गरिनेछ । 

प्रकाशित मिति: : 2020-02-26 03:20:10

प्रतिकृया दिनुहोस्