मातातीर्थ पुगेर बाबुरामले भने- १७३ रोपनी जग्गामा न्याय गरेको रहेछु

अनलाइनखबर

काठमाडौं

उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले पर्यटन बोर्डमा श्वेतपत्र जारी गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्थानीयबासीलाई भेट्न चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए । मातातीर्थ त्यही स्थानमा हो, जहाँ डा. भट्टराई प्रधानमन्त्री भएका बेला १७२ रोपनी १५ आना जग्गा मोही कायम गरेर वितरण गरिएको थियो ।

श्वेतपत्रअनुसार त्यतिबेला मोही कायम गरेर व्यक्तिका नाममा गरिएको सबै जग्गा नेपाल ट्रस्टकै हो । ट्रस्टको संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ३ फागुनमा संसदमा सम्बोधनका क्रममा उक्त जग्गा ट्रस्टकै भएको बताएका थिए ।

प्रकाशित मिति: : 2020-02-26 21:44:46

प्रतिकृया दिनुहोस्