पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ। रोनाल्डोका छोरा रोनाल्डोजस्तै अनुहार छ।
बावुको छायाँ पछ्याउदै उनी सानैदेखि फुटबलमा लागेका छन्। आफ्ना बावुको जस्तै कौशल देखाउन सिपालु भइसकेका छन्। त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन्।
इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै ५ लाख जनाले फलो गरेका छन्।
यो समाचार तयार पार्दासम्म उनका ४ लाख ५६ हजार फलोअर्स भइसकेका छन्।