आयंका जोडीकाे बेहुदा हर्कत

नायिका प्रियंका कार्की फेसबुक र इन्स्टाग्राममा सर्वाधिक फ्यान कमाएकी नायिका पनि हुन्। उनको लोभलाग्दो फ्यान देख्दा लाग्छ, उनको ‘स्टारडम’  गज्जबको छ। उनै कार्कीकाे फागुन १५ मा नायक आयुष्मान देशराज जोशीसँग विवाहको मिति सार्वजनिक भएकाे छ। समाजसेवामा ‘आयंका’ नामले परिचित यी दुई जोडीलाई डिजिटल माध्यम युटुबमा पनि राम्रै रुचाइन्छ।

तर, सामाजिक संजालमा देखिएकाे ‘स्टारडम’  भने हलमा देखिएकाे छैन। हलमा उनीहरुलाई पैसा तिरेरै हेर्न आउने दर्शकको संख्या कमी छ। तर, म्युजिक भिडियोले भने युट्यूबमा राम्रै भ्यूज पाएका छन्। 

अहिले पनि उनीहरुकै चर्चा सामाजिक संजालमा ब्यापक छ। जेजति चर्चा छ याे सबै उनीहरुको अफेयर र विवाहको खबरले। सामाजिक स‌ंजालमा एकहुलले आयुष्मानलाई प्रियंकाले जताजता डोर्‍यायो, त्यतैत्यतै हिँडिरहेकाे आराेप लगाउने गरेका छन्। नलागेस पनि किन?,उनीहरुकाे बानी र ब्यवहार पनि उस्तै छ। 

एक महिना अगाडि नै ब्याच्लर्स पार्टी मनाएकी प्रियंकाले जस्तै आयुष्मानले पनि नक्कल गर्दै  ब्याचलर्स पार्टी मनाए। प्रियंकाले पार्टीमा साथीहरूसँग जे–जे गरेकी थिइन्, आयुष्मानले पनि उही–उही गरे। प्रियंकाले जेजसरी फोटो खिचाएकी छिन्, उनले पनि त्यसै गरी फोटो खिचाउन छुटाएनन्।

प्रिय‌ंका म‌ंगलबार मेहन्दी कार्यक्रममा सहभागी भइन्। उनीसँगै उनको दुलाहा बन्दै गरेका आयुष्मानले समेत मंगलबार मेहन्दी लगाए। 

तर,उनीहरुकाे क्रियाकलापलाई नजिकैबाट नियालिरहेका दर्शकले भने यसलाई ‘चटक’को संज्ञा दिए। यतिसम्म त ठिकै थियाे हाेला तर उनीहरुले हालेकाे तस्बिरमाथि धेरैले ट्रोल बनाए। 

उनीहरुकाे तस्बिर सामाजिक संजालमा राख्दै दर्शकहरुले लेखे, ‘नक्कल गर्नपनि अक्कल चाहिन्छ,आयंका।’

यस्ताे बेहुदा हर्कतले आयंकाकाे जाेडीलाई कति मज्जा आयाे मलाई थाहा भएन। तर, सामाजिक संजालमा ट्राेल बनाउनेहरुलाई भने बडाे मज्जा आएकाे छ। भनूम एकहुल बेराेजगारहरुकाे समूहलाई चाहिँ समय बिताउनलाई राम्राे ‘टपिक’ मिलेकाे छ।

याद रहाेस् करिव तीन वर्षदेखि यो जोडी प्रेम सम्बन्धमा थिए। गत वर्ष इन्गेजमेन्ट गरेका उनीहरुले यही महिना फागुन १५ मा विवाह गर्दैछन्।

प्रकाशित मिति: : 2020-02-27 12:17:44

प्रतिकृया दिनुहोस्