च्याम्पियन्स लिग: लियोनसँग युभेन्ट्स पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

लियोनले च्याम्पियन्स लिगको अन्तरगत भएकाे अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्सलाई हराएको छ।

बुधबार बिहान भएकाे खेलमा युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो।

घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सविरुद्ध खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले विजयी गोल गरेका थिए।

पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन।

गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए।

तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए।

दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ।

 

प्रकाशित मिति: : 2020-02-27 19:27:52

प्रतिकृया दिनुहोस्