सिटीसँग घरेलु मैदानमा मड्रिडकाे हार, रामोसले खाए रातो कार्ड !

च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ को पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग रियल मड्रिड पराजित भएको छ।

बुधबार राति भएको खेलमा सिटीले मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो।

मड्रिडको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो।

खेलमा अग्रता घरेलु टोली मड्रिडलले ६० औं मिनेटमा ईस्कोको गोलबाट लिएको थियो।

तर ७८ औं मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याए। खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए।

८६ औं मिनेटमा कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि मड्रिड १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो। गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए।

च्याम्पियन्स लिगमा सिटीले मड्रिडलाई पहिलो पटक पराजित गरेको हो। यसअघिका चार भेटमा मड्रिडललाई सिटीले उसैको मैदानमा हराउँन सकेको थिएन। दुई हार ब्यहोरेको सिटीले दुई खेल बराबरी खेलेको थियो।

पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ। दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ।
 

प्रकाशित मिति: : 2020-02-27 19:46:53

प्रतिकृया दिनुहोस्