लेवान्डोस्की एक महिना मैदान बाहिर

बिएल संवाददाता

काठमाडाै‌ं

वार्यन म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की एक महिना मैदान बाहिर रहने भएका छन्। खुट्टाको चोटका कारण लेवान्डोस्की मैदान बाहिर हुनलागेका हुन्।

पोल्याण्डका अन्तराष्ट्रिय फरवार्ड समेत रहेका लेवान्डोस्कीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको चेल्सीबिरुद्धको खेल गुमाउने छन्।

वार्यनले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीबिरुद्ध ३–० को जित निकालेको थियो। उक्त खेलमा लेवान्डोस्कीले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए।

उनले बाँया घुडाँमा चोट बोकेको जनाएको छ। लेवान्डोस्कीले क्लबबाट आगामी ६ खेल गुमाउन सक्ने छन्।

वार्यन जर्मन लिगको शीर्ष स्थानमा रहेको छ। लेवान्डोस्कीले यस सिजन मात्र ३३ खेलमा ३९ गोल गरेका छन्।

वार्यनले मार्च १८ मा चेल्सीसँग दोस्रो लेगको खेल खेल्दैछ।
 

प्रकाशित मिति: : 2020-02-27 20:24:34

प्रतिकृया दिनुहोस्