जेरार्ड पिकेले एल क्लासिको गुमाउने

एजेन्सी

काठमाडाै‌ं

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पीकेले एल क्लासिको गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ। 

उनी च्याम्पियन्स लिग अन्तिम १६ मा नापोलीसँगको खेलको क्रममा पिके इन्ज्युरीमा परेका हुन्। उनको खुट्टामा सामान्य चोट देखिएपनि खेलका लागि तयार हुने वा नहुने भने तय नभएको बताइएको छ।

खेलका क्रममा घाइते भएपछि उनलाई सब्स्टिच्युट गरिएको थियो। 

आइतबार हुने एल क्लासिकोका लागि आफ्ना भरपर्दा डिफेन्डर उपलब्ध नहुने देखिएपछि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनको टाउको दुखाइ सुरु भएको छ। 

बार्सिलोनाको लागि यस अवस्थामा एल क्लासिको भारी पर्ने देखिएको छ। टीमका भरपर्दा खेलाडीहरु लुईस सुआरेज र उसमान डेम्बेले इन्ज्युरीका कारण लामो समयदेखि मैदान बाहिर रहेका छन्।

पिके उपलब्ध नभएमा उनको स्थानमा सामुयल उम्टिटी वा क्लेमेन्ट लेंग्लेटलाई खेलाउने बर्सिलोनाको योजना रहेको बताइएको छ।

प्रकाशित मिति: : 2020-02-28 11:14:27

प्रतिकृया दिनुहोस्