कसरी चिन्ने मनोरोगको संकेत ?

अनलाइनखबर

काठमाडौं

मनोरोगलाई शारीरिक समस्याभन्दा पनि बढी खतरनाक समस्याको रुपमा मानिन्छ । नेपालमा कूल जनसंख्याको पाँचदेखि सात प्रतिशत मानिसहरु मानसिक समस्याबाट पीडित हुने गरेको भेटिएको छ ।

तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिप्रेशनका बिरामीमध्ये दुई जना महिलाहरु हुने गरेका छन् । भारतमा प्रत्येक ६ जनामध्ये एक जना व्यक्तिहरु मनोवैज्ञानिक समस्याबाट पीडित हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । तथ्यांकका अनुसार विश्वमा प्राय: ३० वर्षदेखि ४९ वर्ष उमेरका व्यक्तिहरुमा धेरै मनोरोगको समस्या देखिने गरेको छ । तर, यही उमेरका अधिकांश मनोरोगीहरुले आफूमा रहेको मानसिक समस्या समाजका कारण बाहिर नबताउने गरेको मनोचिकित्सकहरुको अनुभव छ ।

प्रकाशित मिति: : 2020-03-01 05:54:47

प्रतिकृया दिनुहोस्