एम्बाप्पे चम्किदा पीएसजीको शानदार जित

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले डिजोनमाथि सहज जित हासिल गरेको छ।  

शनिबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे भने पाब्लो सार्बिया र माउरो इकार्डीले एक एक गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै साराबियाको गोलमार्फत पीएसजीले खेलमा अग्रता बनाएको थियो।

पहिला्े हाफ १–० ले अगाडी रहेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल ग¥यो।

७४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता २–० बनायो। त्यसको दुई मिनेटपछि ईकार्डीले पीएसजीलाई ३–० को स्थितीमा पुर्याए।

खेलको ईन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए।

यो जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम राखेको छ।

पीएसजीको २७ खेलमा ६८ अंक छ भने दोस्रो स्थानमा रहेको डिजोनको २७ खेलमा ५५ अंक रहेको छ।        

डिजोन रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ। 

प्रकाशित मिति: : 2020-03-01 20:05:37

प्रतिकृया दिनुहोस्