थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा आइतबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १—० ले पराजित गर्दै थ्री स्टार क्लब उपाधि नजिक पुगेको हो।
थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे। उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए।
अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ।
शनिवार विभागीय टिम एपीएफलाई २—१ गोल अन्तरले पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ पहिलो पटक फाइनलमा पुगेको हो।