प्रियंका-आयूष्मानको बिहे भारतीय संस्कारमा ?

अनलाइनखबर

काठमाडाैं

पहिलो विवाह तोडिएको ८ वर्षपछि नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् । नायक आयूष्मान देशराज जोशीसँग उनले शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा लगनगाँठो कसेकी थिइन् । २७ वषिर्य आयूष्मानको चाहिँ यो पहिलो विवाह हो ।

प्रियंका र आयूष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयूष्मान प्रियंकाभन्दा ६ भन्दा कान्छा हुन् । एउटा अवार्ड समारोहमा खुल्लमखुल्ला चुम्माचाटी गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो ।

त्यसयता पनि उनीहरुले आफ्नो प्रेमलाई विभिन्न ढंगमा सार्वजनिक प्रदर्शन गरेर मिडियालाई गसिपको टपिक दिइरहे । प्रियंकालाई एकपटक उनको जन्मदिनमा आयूष्मानले टाँगामा राखेर शहर परिक्रमा गराएर पनि नौटङ्की देखाए । सामाजिक सञ्जालमा उनीहरुका अन्तरंग तस्वीरहरु लगातार आइरहे । फिल्म करिअर ओरालो लाग्दै गए पनि प्रियंकालाई यही लभ अफेयरले गसिपमा टिकायो ।

प्रकाशित मिति: : 2020-03-02 08:21:03

प्रतिकृया दिनुहोस्