श्रीकृष्णको सम्झनामा स्वेताले क्यान्सर अस्पताल बनाउँदै

नायिका स्वेता खड्काले नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी छिन्।

सोमबार नायिका खड्कासहित विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा गोदावरी नगरपालिकाको छम्पीमा अस्पतालको शिलन्यास गरेका हुन्।

 नायिका खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्द समेत लडिरहेको उल्लेख गरेकी छिन्। 

‘विगत ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोको थियो,’ उनले भनिन्,’ अब त्यो पुरा हुने बाटोमा छ।’ उनले यो अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने समेत विश्वास व्यक्त गरेकी छिन्।

नायिका खड्काका श्रीमान् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सर रोगकै कारण केही बर्ष अगाडि निधन भएको थियो।

प्रकाशित मिति: : 2020-03-03 03:39:16

प्रतिकृया दिनुहोस्