चलचित्र ‘बेन्जो’मा आदितीसँग डेब्यु गर्दै गायक नितेश

नायिका अदिती बुढाथोकीले नयाँ चलचित्रको तयारीमा लागेकी छिन्। मुम्बाई बस्दै आएकी अदिती ‘बेन्जो’ नामक नयाँ चलचित्र खेल्नको लागि नेपाल आइसकेकी छिन्।

उनले चलचित्र ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा काम गर्न लागेकी हुन्।

चलचित्रमा आदितीलाई युवा पुस्तामा निकै चर्चित बनेका गायक नितेशजंग कुँवरले सघाउने भएकी छिन्। युवा पुस्तामा रुचाइएका गायक नितेशजंगले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन्।

निर्देशक पौडेलले नितेश अगाडी नयाँ हिरोहरुलाई अफर गरेका थिए। तर कुरा नमिलेपछि नितेश नै फाइनल भएका हुन् ।

नितेशले पनि यसअघि फिल्म खेल्ने इच्छा रहेको अन्तर्वार्ताको क्रममा बताएका थिए। उनले रामबाबु गुरुङसँग सहकार्य गर्ने चर्चा भएको थियो तर त्यसले अझै मुर्तरुप पाएको छैन।

जोडीको रुपमा देखिने भएपछि अहिले नितेश र अदिती चलचित्रको वर्कसपमा व्यस्त छन्।

प्रकाशित मिति: : 2020-03-03 04:32:35

प्रतिकृया दिनुहोस्