जन्तीमाथि अवराेध सिर्जना गर्ने दुई युवक पक्राउ

जन्तीमाथि अवराेध सिर्जना गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउपालिका वडा नं २ दशौता निवासी मुन्ना आलम र सकलदिप कुमार साह तेली रहेका छन।

सोमबार भारतको पूर्वीचम्पारण जिल्लाको आदापुरबाट केटा पक्षले जगरनाथपुर गाउपालिका वडा नं २ दशौता निवासी सिकेन्द्र साहको घरमा जन्ती लिएर आएका थिए। 

मंगलबार बिहान करिब सात बेहुलाले बेहुलीलाई बिदा गरेपछि जगरनाथपुर गाउँ पालिका वडा नं ४ लक्ष्मीपुर गण्डक नहरको बाटो तथा सशस्त्र प्रहरी बल भिखमपुरको सेन्ट्री पोष्ट नजिकै ती दुई जना युवकहरूले गाडी रोकेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

ती युवकहरुमध्ये एक जनाले बेहुली आफ्नो प्रेमका भएको भन्दै जान नदिने भन्दै आफैले बिवाह गर्ने धम्कि दिएर गाडीलाई करिब दश मिनेटभन्दा बढि समय रोकेका थिए। पछि सर्वसाधारणहरु जम्मा भएपछि ती युवकहरुलाई सम्झाउन थालेपछि ती युवकहरु सर्वसाधारणलाई हातपात गरेका थिए।

घटनापछि सर्वसाधारण तथा नजिकका सशस्त्र प्रहरीले ती दुई युवकहरुलाई नियन्त्रणमा लिएका थिए। पक्राउ परेका ती युवकहरुलाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको प्रहरी स्रोतले जनाएको छ। बेहुलीलाई बेहुलाले आफ्नो घर लगि सकेका छन्।

प्रकाशित मिति: : 2020-03-04 04:20:02

प्रतिकृया दिनुहोस्