युवाहरुलाई परिचालन गर्न नसकेरै मलुकु गरिव भयाे: मुख्यमन्त्री राउत

बिमला गुप्ता

जनकपुरधाम

मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई परिचालन गर्न नसकेकै कारण मलुकु गरिव भएकाे बताएका छन्। मानव संशोधन सबैभन्दा ठूलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकाे उनले बताए। 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले शिपसहितको रोजगारी दिन आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

युवाहरुलाई शिपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताए।  मुख्यमन्त्री राउतले भने, ‘प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको छ। प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई सफल भए सबै युवा सक्षम हुन्छन्।’

स्वारोजगारको नाममा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गरे।
’स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न म कोषलाई आग्रह गर्दछु,’उनले भने। 

युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले सिप परियोजनासँग सम्झौता गरि कार्यक्रम चलाई रहेको जानकारी गराउदै मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे।

कोषका कार्यकारी निर्देशक डा विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव राम कृष्ण सुवेदी , युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: : 2020-03-05 04:25:07

प्रतिकृया दिनुहोस्