सुन तोलाको ८० हजार ७ सय पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।  सुनको मूल्यमा बिहीबार तोलाको २०० रूपैयाँ बढेको हो। 

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको छ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला २२ सय रुपैँयाले बढेर सुनको मूल्य ८० हजार ५ सयमा कारोबार भएको थियो। 

यसअघि मंगलबार बजारमा सुन तोलाको ७८ हजार ३ सयमा कारोबार भएको थियो। 

सुनको मूल्य बढे पनि चाँदीमा भने मूल्य वृद्धि भएको छैन। 

प्रकाशित मिति: : 2020-03-06 02:52:59

प्रतिकृया दिनुहोस्