कोरोनाका कारण तिलोत्तमा गोल्डकप स्थगित

२२ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। विश्व ब्यापी फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको हो।

तिलोत्तमा गोल्डकप चैत १ गतेबाट गर्ने बताइएको थियो। आयोजक रुपन्देही फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैतमा तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ।

रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहने बताइएको थियो।

प्रतियोगिताको विजेताले १० लाख ५० हजार प्राप्त गर्नेछ। यस्तै उपविजेता टिमले ७ लाख ५० हजार पाउने थिए।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल अथवा स्कुटर पाउने आयोजकले बताएको थियो।

विधागततर्फका खेलाडीले जनही ३०/३० हजार प्राप्त गर्ने घोषणा गरिएको थियो। २०३१ सालमा स्थापना भएर २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकप केही वर्ष रोकिएर पुनः सञ्चालन हुँदै आएको थियो।

प्रकाशित मिति: : 2020-03-07 01:22:33

प्रतिकृया दिनुहोस्