मिस वर्ल्डले दिइन् अनुष्काको ‘प्रोजेक्ट’लाई २० डलर !

बिएल संवाददाता

सिन्धुपाल्चाेक

२०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन्। मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पूर्वमिस नेपाल श्रृङखला खतिवडासहित मिस वर्ल्ड टोनी हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको ग्रेट ट्रेल ( हेलम्बु ट्रेल) र स्थानीय सुरसीङको पनि भ्रमण गरेकी छिन्। 

 हेलम्बु पुगेकी टोनीलाई स्थानीहरुले भव्य स्वागत गरेका थिए। 

यस्तै टोनीको सिइओ जुलिया मार्लेले हेलम्बु ट्रेललाई २० डलर सहयोग प्रदान गरेको भिजिट नेपालका कार्यक्रम संयोजक बिशम्बर घिमिरेले जनाकारी दिए।

टोनी नेपाल आउनुको मुख्य उद्येश्य अनुष्का श्रेष्ठ र  श्रृंखलाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु पनि हो।

अब टोनी मकवनपुर पुग्ने छिन्। पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन्।

दुवै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटल हात पारेका थिए । नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोस’को टाइटल जितिसकेको छ।


 

प्रकाशित मिति: : 2020-03-07 05:03:54

प्रतिकृया दिनुहोस्