मछिन्द्रले उचाल्याे माइभ्याली गोल्डकपको उपाधि

माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । आयोजक माईभ्याली क्लब इलामलाई हराउँदै छैटौं संस्करणको गोल्डकपको उपाधि मछिन्द्रले जितेको हो।

इलामको टुँडिखेलमा भएको फाइनलमा मच्छिन्द्रले आयोजक माइभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्‌‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

खेलको १२ औं मिनेटमा माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा भने मछिन्द्रले अग्रता लिएको थियो । क्लबका लागि विदेशी खेलाडीले गोल गरेका हुन् । मछिन्द्रले माइभ्याली गोल्डकपको उपाधि पहिलो पटक जितेको हो । 

उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । 

योसहित मच्छिन्द्रले यस सिजनमा तीन वटा उपाधि जितिसकेको छ । ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सताक्षी गोल्डकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति: : 2020-03-08 07:39:29

प्रतिकृया दिनुहोस्