इंग्लिस प्रिमियर लिग: आर्सनलकाे साँघुरो जित

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो।

आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेटले निर्णायक गोल गरे। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै आर्सनलले २८ खेलबाट ४० अंक जोडेको छ। आर्सनल लिगको नवौं स्थानमा रहेको छ। वेष्ट ह्याम २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

अन्य खेलमा न्युकासलले साउथह्याम्पटन र  क्रिस्टल प्यालेसले वाट्फोर्ड र सेफिल्ड युनाइटेडले नर्विच सिटीलाई १–० ले पराजित गरेको छ। यता वुल्भ्स र ब्राइटनले गोलरहित बराबरी रोकिएको छ।

प्रकाशित मिति: : 2020-03-08 11:49:46

प्रतिकृया दिनुहोस्