ला लिगा: मेसीकाे निर्णयक गाेलसँगै बार्सिलाेना शीर्ष स्थानमा

स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोलीको जितमा कप्तान लिओनल मेसीले निर्णयक गोल गरे।

क्याम्प नाउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो।

दोस्रो हाफको ८१ औँ मिनेटमा बार्सिलोना भाग्यमानी सावित भयो। जोरार्ड पिकेलाई लङ्ग पासमा आएको बललाई सोसिडाडको डिफेन्डरले बचाउने क्रममा हातले छोए। तर रेफ्रीले देखेनन्। 

याे पनि
बार्सिलोनाको जर्सीमा बदलिएको गरिब डेनिस परिवारको भाग्य

पछि पिकेले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को अपिल गर्दा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। 

उक्त अवसरलाई कप्तान मेसीले गोलमा परिणत गरे। 

यस्तै इन्ज्युरी समयमा जोर्डी अल्बाले गाेल गरेपनि मान्यता पाउन सकेन। अन्सु फातीले दिएको पासलाई अल्बाले जाली चुमाएपनि भीएआरले अफसाईडको मान्यता दियाे।

उक्त गाेलले मान्यता नपाएपनि  मेसीले गरेकाे एक मात्रै गोलले बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिन प्रयाप्त बनायाे।

जितसँगै बार्सिलोनाले २७ खेलमा ५८ अंक जोडेको छ। बार्सिलोना लिगको शीर्ष स्थानमा छ। यता एक खेल कम खेलको रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ। 

पराजित सोसिडाड २६ खेलबाट ४३ अंक बनाउँदै लिगको छैठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-03-08 13:56:59

प्रतिकृया दिनुहोस्