सडक दुर्घटनाः इराकीसहित ३२ जनाको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। 

मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन्। 

एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ। 

ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो। ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ। 

गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएको जानकारी दिए। 

राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2020-03-09 04:26:54

प्रतिकृया दिनुहोस्