राप्रपा एकीकरणको रहस्य

अनलाइनखबर

काठमाडाै‌ं

सन्त गाहा मगर

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट ३२ हजार ८६६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम भुसाल निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दीपक बोहरा ।

‘गोलाकारभित्र हलो’ चिह्न लिएर चुनाव लडेका बोहराले २७ हजार ४२२ भोट पाए । ‘वर्गाकारभित्र हलो’ चिह्नबाट त्यही क्षेत्रमा चुनाव लडेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याए ।

रुपन्देही–३ मा ४ हजार ६३ मत बदर भएको थियो । त्यसमध्ये हलो चिह्नमा परेको करिब तीन हजार भोट बदर भएको राप्रपा नेता बोहरा बताउँछन् । उनी भन्छन्, ‘गोलाकारभित्रको हलो र वर्गाकारभित्रको हलोमा मतदाताहरू अलमलमा परेर निर्णायक भोट नै बदर भयो ।’

त्यतिबेला पाँच हजार ४४४ मतले पराजित भएका बोहोरा भन्छन्, ‘पार्टी विभाजन नभएको भए मेरो जित निश्चित थियो ।’

‘मतदाताको समर्थन हुँदाहुँदै चुनावमा पराजित हुन नपरोस् भनेर यसपटक पार्टी एकताका लागि दिनरात नभनेर दौडढुप गरेको हुँ’ पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा एकीकरणका सुत्रधार मध्येका एक बोहरा भन्छन् ।

प्रकाशित मिति: : 2020-03-10 01:35:54

प्रतिकृया दिनुहोस्