च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीचको खेल बन्द रंगशालामा हुने भएको छ।
पीएसजी र डर्टमण्डबीचको खेल पेरिसस्थित पार्क डी प्रिन्सेस रंगशालामा बुधबार हुनेछ। पहिलो लेगमा पीएसजी २–१ ले पछि रहेको छ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण पीएसजी र डर्टमण्डबीचको खेल दर्शकबिना खेलाइन लागिएको हो।
पेरिस प्रहरीले दुई टोलीबीचको खेल दर्शकबिना खेलाइने बताएको छ। फ्रान्समा आइतबार दुई सांसदमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै साेहि दिन ११ सय २६ जनामा संक्रमण पुष्टि भएको फ्रान्सका अधिकारीले उल्लेख गरेका छन्।