हिमपहिरोमा परी पाँच व्यक्तिको मृत्यु, दुई दर्जन भन्दा बढी सवारी साधन वेपत्ता

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा म‌ंगलबार राती हिमपहिरो गएको छ। उक्त हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ।

हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ। 

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ।  हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । 

प्रकाशित मिति: : 2020-03-12 01:50:20

प्रतिकृया दिनुहोस्