फिलिपिन्सका राष्ट्रपतिले गराए कोरोनाको परीक्षण

एजेन्सी

काठमाडाै‌ं

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरेले कोरोना भाइरस अर्थात ‘कोभिड १९’ संक्रमणको परीक्षण गराएका छन्। राष्ट्रपति डुटरेका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार राष्ट्रपतिमा कोरोना संक्रमणको लक्षण देखिएको छैन।

यस्तै ७४ वर्षका डुटरेका अर्थमन्त्री र केन्द्रीय बैंकका गर्भनर भने १४ दिन क्वारेन्टाइनमा जाने भएका छन्।

फिलिपिन्समा कोरोना संक्रमिणको संख्या बढ्दो छ। बुधबार मात्र ४९ नयाँ संक्रमित भेटिएका थिए भने एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। योसँगै फिलिपिन्समा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। कोरोनाको संक्रमण बढेपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि फिलिपिन्सको केन्द्रीय बैंक र त्यहाँस्थित एसियाली विकास बैंक पनि संक्रमण निर्मलीकरणका लागि बिहीबारदेखि बन्द भएका छन्।
 

प्रकाशित मिति: : 2020-03-13 01:59:56

प्रतिकृया दिनुहोस्