अफगानिस्तानमा काेराेना संक्रमितकाे संख्या १० पुग्याे

एजेन्सी

काठमाडाै‌ं

अफगानिस्तानमा काेराेना भाइरस अर्थात कोभिड–१९ संक्रमण १० व्यक्तिमा देखिएको छ। थप तीन जनामा सो संक्रमण देखिएपछि कोरोना भाइरसको संक्रमणको संख्या १० पुगेको बताइएको छ।

अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड–१९ संक्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ। 

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सात जना इरानबाट फर्किएका व्यक्तिहरु रहेका जनाइएको छ। यद्यपि तीन नयाँ कोरोना भाइरस संक्रमितहरु बाहिरबाट आएको हो वा स्थानीय रुपमा संक्रमित  भएका हुन तत्काल प्रष्ट नभएको जनाइएको छैन। 

काबुलमा राष्ट्रिय प्रयोगशालाहरूमा कूल ५२ संदिग्ध घटनाहरू अनुसन्धानरत रहेको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-03-15 01:26:08

प्रतिकृया दिनुहोस्