घरेलु रक्सीबाट स्यानिटाइजर, सिरकको खोलबाट मास्क

अनलाइनखबर

काठमाडाै‌ं

कोरोनाको सन्त्रास बढेपछि जब काठमाडौं उपत्यकामा स्यानिटाइजरको अभाव हुन थाल्यो, ललितपुर महानगरपालिकाका कर्मचारीचाहिँ घरेलु रक्सी खोज्दै स्थानीय नेवारका घरतिर लागे ।

महानगरपालिकाका कर्मचारी सात लिटर रक्सी बोकेर सातदोबाटोस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनीलबाबु श्रेष्ठको कार्यकक्षमा पुगे ।
उपकुलपति श्रेष्ठको निर्देशनमा नास्टका प्राविधिकहरुले घरेलु रक्सीबाट कर्मचारीकै आँखा अगाडि स्यानिटाइजर बनाएर देखाइदिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जन शनिबार त्यही रक्सीबाट बनेको ‘नेपाली स्यानिटाइजर’ झोलामा बोकेर पाटनढोका आइपुगेका थिए ।

नास्टका प्रविधिकले बनाएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड अनुसारकै रहेको महर्जनले दाबी गरेपछि त्यहाँ रहेका डब्ल्युएचओका प्रतिनिधिले हातमा लगाएर स्यानिटाइजरको जाँच गरे ।

प्रकाशित मिति: : 2020-03-15 04:01:17

प्रतिकृया दिनुहोस्