कोरोना संक्रमणको समाधान बताउनेलाई एक लाख पुरस्कार दिने माेदीकाे घोषणा

एजेन्सी

काठमाडाै‌ं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरि फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड-१९को संक्रमणकाको समाधान बताउनेलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोनाको समाधानको उपाय(औषधी) ल्याउन सके सो पुरस्कार दिने घोषणा गरेका हुन्।


मोदीले ट्वीटमार्फत भनेका छन्, ‘धेरै व्यक्तिहरु कोभिड–१९ का लागि प्रविधिमार्फत समाधानहरु साझेदारी गरिरहेका छन्। म उनीहरुलाई @mygovindia मा आफ्ना सुझावहरु साझेदारी गर्न अपिल गर्छु। तपाईको प्रयासले धेरै सहयोग पुर्याउन सक्छ।’ प्रधानमन्त्री मोदीले यसको छेउमा #indiaFightscorona पनि लेखेका छन्। मोदीले विजेतलाई १ लाख नगद दिने समेत उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-03-17 19:28:43

प्रतिकृया दिनुहोस्