‘कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन अर्को कमिटी बनाऔं’

अनलाइनखबर

काठमाडाै‌ं

कोरोनाकै कारण विश्व अर्थतन्त्रमा यस वर्ष गिरावट आउने पक्का छ । विश्वमा संक्रमण फैलिरहँदा नेपालको पर्यटन व्यवसाय ठप्प प्रायः बनिसकेको छ । नेपाल सरकारले विदेश जानेहरुका लागि श्रम स्वीकृति रोकिदिएको छ । यसबाट अर्थतन्त्रको टेकोको रुपमा रहेको रेमिट्यान्स घट्ने पक्का भएको छ ।

भाइरसको असर बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ ।

नेपालमा पनि यो भाइरसको संक्रमण भित्रिए नेपालको बैंकिङ क्षेत्र कस्तो होलान ? संक्रमणबाट जोगिन बैंकहरुको तयारी कस्तो छ ?

यिनै विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वध्यक्ष अनिलकेसरी शाहलाई सोध्यौं ।

शाहले अहिले नै बैंकलाई यसले असर गरिसकेको नभए पनि अगामी दिनमा बैंकिङ क्षेत्रमा ठूलो असर पर्ने बताए । तर, ग्राहकका सेवामा भने सकेसम्म बैंकहरु खटिरहने उनले बताए ।

 

प्रकाशित मिति: : 2020-03-18 03:08:27

प्रतिकृया दिनुहोस्