गायक दीपक बज्राचार्यसहित ब्याण्ड सदस्य ‘क्वारेन्टाइन’मा (भिडियाे)

गायक दीपक बज्राचार्यको ब्याण्ड सदस्यहरू विदेशबाट फर्किए लगत्तै क्वारेन्टाइनमा बसेको छ।

गायक बज्राचार्यसहित उनका साथीहरू आफै नै क्वारेन्टाइनमा बसेका हुन्। जसका लागि गायक बज्राचार्यहरूको एउटा प्रोजेक्ट ‘मेरो घर’ चुनिएको छ। काठमाडौं भन्दा थोरै टाढा कतै आफूहरू बसिरहेको बज्राचार्यले फेसबुकमार्फत जानकारी गराएका छन्।

गायक ब्रजाचार्यको ब्याण्ड फागुनदेखि नै अस्ट्रेलियामा थियो। जहाँ धेरै ठाउँमा तय भएका कार्यक्रम कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण सरेपछि  बज्राचार्यको टोली मेलवर्नबाट मलेसिया हुँदै हिजो काठमाडौं फर्किएको हो।

जोखिमपूर्ण ठाउँबाट यात्रा गरेर आएकाले अन्यथा नहोस् भनेर सेल्फ क्वारेन्टाइनमा बसेको बज्राचार्यले बताएका छन्।

आफूहरू अर्गानिक (प्राकृतिकरूपमा रमणीय) क्वारेन्टाइनमा बसेको बताएका गायक बज्राचार्यले विदेशबाट फर्किएका धेरै नेपालीहरू सोझै घरपरिवारमा जाने गरेको थाहा पाउँदा अचम्वित भएको पनि बताएका छन्। ‘कोरोनाको कुनै औषधि छैन, यसको औषधि भनेकै सचेत हुनु हो’, बज्राचार्यले भनेका छन्।

विदेशबाट फर्कने सबैले आफ्ना परिवार, साथीभाई र सिंगो देशवासीकै सुरक्षालाई ध्यान दिएर आफै क्वारेन्टाइनमा बस्न पनि सुझाएका छन्।

प्रकाशित मिति: : 2020-03-20 03:37:22

प्रतिकृया दिनुहोस्