नायिका आँचल शर्मा फागुन ५ गतेबाट २३ पुरा भएर २४ वर्षमा प्रवेश गरेकी छन् । उनले आफ्नो जन्मदिन ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ बाल गृहमा मनाएकी छन् । गतवर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।
यो केन्द्रमा ४८ जना बालबालिका छन् । उनले गत वर्ष बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । भने यो वर्ष बालबालिकाहरुको लागि चामल, दाल, तरकारी लगायतका खाद्य सामग्री लिएर केन्द्रमा पुगेकी थिइन् । त्यस्तै, आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् ।
आँचल यो केन्द्रमा आफ्नो श्रीमान् उदिप श्रेष्ठ र आमाबुमाको साथमा पुगेकी थिइन् । आँचलले विवाहपछि आफ्नो श्रीमान् उदिपसँग जन्मदिन मनाएकी हुन् । उनलाई उदिपले मध्यरातमा सप्राइज दिदै ब्याग उपहार दिएका थिए ।