स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्यो

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ।

स्पेनको  स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभरि कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो।

स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो।

स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने झण्डै २० हजार पुग्न लागेको पनि जानकारी दिएका छन्।

उनीहरुका अनुसार शुक्रबारसम्ममा १९ हजार ९८० जना सङ्क्रमित भएका छन्। यो सङ्ख्यामा एकै दिन दुई हजार ८३३ थपिएको हो।

प्रकाशित मिति: : 2020-03-21 12:00:57

प्रतिकृया दिनुहोस्