‘मिस नेपाल–२०२०’ स्थगित

‘मिस नेपाल–२०२०’ स्थगित भएको छ। कोरोनाको त्रासका कारण बैशाख ३ गते हुने भनिएको मिस नेपालको प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ।

आयोजकका अनुसार सरकारले सयौंको संख्यामा जम्मा भएर आयोजना हुने प्रतियोगिता २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएसँगै मिति सारिएको हो।  अब मिस नेपालको फाइनल बैशाख १८ गतेभन्दा पछाडि हुनेछ।

मिस नेपाल – २०२० को अडिसन पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा सकिसकेको छ । काठमाडौंमा मात्रै अडिसन बाकीँ थियो । अब उक्त अडिसन पनि अनिश्चित समयको लागि पछि सारिएको छ।

यस वर्ष मिस नेपालमा जम्मा ४ उपाधी रहेका छन् । मिस युनिभर्सको उपाधी यस वर्ष नेपालले पाएको छैन।

प्रकाशित मिति: : 2020-03-22 00:53:37

प्रतिकृया दिनुहोस्