‘के घर के डेरा’को छायांकन स्थगन

चलचित्र ‘के घर के डेरा’को छायांकन स्थगन भएको छ। कोरोनाको त्रासमा कारण यस चलचित्रको छायांकन स्थगन गरिएको हो।

सरकारले २५ जना भन्दा बढि भेला नहुनु भनेर दिएको आदेशलाई स्विकार्दै चलचित्रको छायांकन रोकिएको निर्देशक सुव्रतराज आचार्यले बताए।

त्यस्तै चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकाले छायांकन स्थगित गरिएको जानकारी दिए। 

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतको अभिनय रहनेछ। काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथालाई प्रस्तुत गर्ने यस चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले तयार पारेका हुन्।

‘शुभ लाभ फिल्मस्’ र ‘ए प्लस इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुने चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जनको लगानी रहने छ। चलचित्रमा यम प्रसाद ओली सहनिर्माताको रुपमा रहेका छन्। दीर्घ गुरुङले खिच्ने चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन्।
 

प्रकाशित मिति: : 2020-03-23 00:16:34

प्रतिकृया दिनुहोस्