चकमग्न न्यूयोर्कको जेएफके एयरपोर्ट (भिडियाे)

संजोग आचार्य

न्यूयोर्क

न्यूयोर्क शहरको सबैभन्दा व्यस्त जोन एफ केनेडी अन्तराष्ट्रिय एयरपोर्ट (जेएफके) अहिले सुनसान बनेको छ। न्यूयोर्कमा कोरोना भाइरस अर्थात कोभिड–१९ले महामारीको रुप लिन थालेपछि २१ औं अति व्यस्त एयरपोर्ट अहिले भुतघर जस्तै चकमग्न अवस्थामा छ।

वार्षिक करिब ६१ लाखभन्दा बढी हवाई यात्रु आवतजावत गर्ने अमेरिकाकै व्यस्त मध्यको यो एयरपोर्ट पुग्ने सडक पनि अहिले खालि छ। बिहानको व्यस्त समयमा पनि भ्यानह्याटनबाट जोन एफ केनेडी एयरपोर्टसम्मको यात्रा करिब ३० देखि ३५ मिनेटमानै तय हुन्छ। 

न्यूयोर्कको क्वीन्समा रहेको यो एयरपोर्ट म्यानह्याटनको मिडटाउनबाट  २६ किलोमिटर टाढा छ। यो रुटमा निकै ट्राफिक जामको कारण प्रायः एयरपोर्टसम्म पुग्न एक घण्टा भन्दा बढी समय लाग्ने गर्दछ। तर, अहिले खाली सडकका कारण आधा घण्टामै पुग्ने न्युयोर्ककका सवारी चालकको अनुभव छ।

प्रकाशित मिति: : 2020-03-24 04:16:50

प्रतिकृया दिनुहोस्