पोखरीया नगरपालिकाले स्थानीय भाषामा कोरोनबारे जनचेतना फैलाउँदै (भिडियाे)

पर्साको पोखरीया नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि स्थानीय भाषामा जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । ग्रामिण भेगका नागरिकलाई कोरोनाबारे सचेत गराउन स्थानीय संचारमाध्यममा सुचना संप्रेसण गराउनुका साथै  माइकिङ तथा पर्चा पम्लेट बितरण गरेको हो। 

महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्ने उपायका बारे जागरुक गर्न स्थानीय स्वास्थ्यकर्मी, प्रहरी प्रशासनको सहयोगमा नगरपालीका भित्र प्रत्येक दिन घरदैलो कार्यक्रको सुरुवात गरिएको बिएल नेपाली सेवालाई उप–मेयर सलमा खातुनल बताइन् । 

साथै नगरपालिकाले बजार अनुगमनलाई समेत तिब्रता दिएको छ। कालो बजारी रोक्ने उद्देश्यले अनुगमनलाई तिब्रता दिएको उपमेयर खातुनले बताइन् । 

रोकोनाको प्रकोपबाट जोगाउन नगरका सफाईको ध्यान दिर्दै प्रत्येक वडामा सरसफाईको सामाग्री वितरण गरीएको उनले बताइन् । 

उपमेयर खातुनले सरकारले चालेका कदमको समर्थन गर्दै यस लकडाउनको समयमा सम्पुर्णलाई सुरक्षित रहि स्थानीय सरकारलाई सहयोग गर्न अपिल गरेकी छिन्। स्वास्थ्यप्रति गैर जिम्मेवारीपन तथा सानो लापरवाहीले पनि पुरै परिवार कोरोनाको सिकार हुने भएकाले यस्तो अवस्थामा घरमै बसेर लकडाउनको समर्थन गर्न उनले आग्रह गरेकी हुन् ।
 

प्रकाशित मिति: : 2020-03-25 12:18:47

प्रतिकृया दिनुहोस्