मकवानपुरमा लकडाउन उल्लंघन गर्ने ८३ वटा मोटरसाइकल नियन्त्रणमा

कोरोना भाइसरबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन अवज्ञा गर्दै हिड्ने र सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

पहिलो दिन सामान्य रुपमा सम्झाउँदै छोडेको प्रहरीले दोश्रो दिनबाट नियन्णमा लिन सुरु गरेको हो।

अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए। उनका अनुसार लकडाउन उल्लंघन गर्ने ८३ वटा मोटरसाइकल, एउटा सुमो, ४ वटा अटो नियन्त्रणमा लिइएको छ।

बिहानको समयमा संक्रमणबाट बच्नका लागि सम्झाए पनि दिउँसोको समयमा अटेर गरी हिँडेकालाई नियन्त्रणमा लिइएको उनले बताए।

संक्रमणबाट सुरक्षित रहनका लागि सहजीकरण गर्ने तर नियन्त्रणमा लिने कुनै निर्देशन नरहेकोे बताए पनि बुधबारबाट अटेर गर्नेलाई नियन्त्रणमा लिन थालिएको छ।

प्रकाशित मिति: : 2020-03-26 03:09:00

प्रतिकृया दिनुहोस्