पतिसँग रम्दै प्रियंका

फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी नायिका प्रियंका कार्की परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन्।

लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन्। प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन्।

यही फुर्सदिलो समयमा  प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै अरुलाई पनि क्वारेन्टाइनमा बस्दै गरेको तस्वीर शेयर गर्न आग्रह गरेकी छिन्।

उनको तस्वीरमा फ्यानले प्रेम दर्शाएका छन्। प्रियंकाले शेयर गरेको तस्वीरमा दुई कुकुर पनि देख्न सकिन्छ।

प्रियंकाले ह्यासट्याग शेयर गर्दै फ्यानलाई आफ्ना तस्वीर पनि शेयर गर्न अनुरोध गरेकी छिन्।

पछिल्लो समय प्रियंका र आयुष्मान कुनै पनि फिल्ममा देखिएका छैनन्। प्रियंकाले बिहेपछि काममा फर्किने बताएकी थिइन्।
 

प्रकाशित मिति: : 2020-03-28 01:32:16

प्रतिकृया दिनुहोस्