कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

अनलाइनखबर

काठमाडाै‌ं

कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो ।

स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली आएका थिए । त्यसको भोलिपल्ट उनी भारतबाट काठमाडौं आए । तर, कुन विमानमा उनी आएका हुन् भन्ने खुलेको छैन ।

नेपालले चैत १ बाट खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान रोकेको थियो । तर, भारतले अनअराइभल भिसा पाउनेहरुलाई रोकेको थिएन भने नेपालले भारतबाट आउन रोकेको थिएन । त्यसैले दुबईमा रहेका उनी भारत हुँदै काठमाडौं आए ।

काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे ।

प्रकाशित मिति: : 2020-03-28 11:29:41

प्रतिकृया दिनुहोस्