मजदुरहरू घरमा भोकभोकै, पालिकाहरू बल्ल तथ्यांक खोज्दै

सेतोपाटी

काठमाडौँ

रूपन्देहीको तिलोत्तमा नगरपालिका-४, सीमानगरका इन्द्र थापाको घरमा शुक्रबार दिउँसो 'दसैं' आयो। दैनिक मजदुरी गरेर परिवार पालिरहेका उनलाई त्यो साँझ के खाने-के खुवाउने चिन्ता थियो। त्यही बेला तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरी देवी चौधरी उनको घरनजिकै आएर रासन दिए।

तिलोत्तमाले इन्द्रको जस्तै दैनिक ज्यालादारीबाट जीविका गर्ने परिवार खोजेर उनीहरूको भोक मेटाउन थालेको छ। दस किलो चामल, दुई किलो दाल र एक प्याकेट नुनको बोरा समाउँदा सपनाजस्तो लागेको इन्द्र बताउँछन्।

 

प्रकाशित मिति: : 2020-03-30 02:53:11

प्रतिकृया दिनुहोस्