क्वारेन्टाइनबाट घर फर्किए दिपक बज्राचार्यको टिम

गायक दिपक बज्राचार्यको टिम क्वारेन्टाइनबाट घर फर्किएको छन्। उनीहरु १४ दिनको लागि सेल्फ क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन्। उनीहरुमा कोरोनाको कुनै पनि लक्षणहरु देखिएको छैन। उनीहरु २ महिनाको लागि भनेर अस्ट्रेलिया टुरमा गएका थिए। तर कोरोनाको कारण २ हप्तामै फर्किएर क्वारेन्टाइनमा बसेका थिए।

घर फर्किए पनि उनीहरु अझै केहि दिन आइसोलेसनमै बस्नेछन् र मानिसहरुको प्रत्यक्ष सम्पर्कमा रहने छैनन्। क्वारेन्टाइनमा बसेको बेला आफूहरुलाई भावनात्मक तथा मनोबैज्ञानिक हौसला दिने सबैलाई आभार ब्यक्त गरेका छन्। आफूहरुलाई घर फर्कन सहयोग गरेकोमा नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन्।

उनीहरुले सबैलाई घरमै बसेर सामाजिक दुरी कायम राख्न पनि अनुरोध पनि गरेका छन्।

प्रकाशित मिति: : 2020-04-01 12:30:41

प्रतिकृया दिनुहोस्